• ट्रेण्डिङ :

बागलुङ बस दुर्घटना: मृतक ९ जनाको सनाखत

बागलुङ बस दुर्घटना: मृतक ९ जनाको सनाखत

cnewsnepal

मंगलबार, चैत्र ६ २०८०
पढ्न लाग्ने समय: < ३ मिनेट


६ चैत, बागलुङ । बागलुङको निसीखोलामा गाउँपालिका-६ जाउलेपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । २८ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी प्रबक्ता डिएसपी मदन केसीका अनुसार बस दुर्घटनामा चार महिला र पाँच पुरुषको मृत्यु भएको हो।

तीमध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुई जनाको उपचारका क्रममा निधन भएको हो। बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा रूकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर का ५ विक्रम परियार रहेका छन्। उनी नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रूकुमपूर्वको सहसचिव, प्रेस सेन्टर नेपाल रूकुम पूर्वका उपाध्यक्ष थिए। उनी अन्नपूर्ण पोटमा कार्यरत थिए । रात्रिबस दुर्घटनाका घाइतेमध्ये दाङका  १८ वर्षीय लक्की पुन मगरको पनि उपचारको क्रममा राति पौने १२ बजेतिर मृत्यु भएको डिएसी केसीले बताए।

रूकुमपश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ की  २७ वर्षीया विनीता केसी, मुसिकोट वडा नम्बर २ का सवारी धनी बबिदेल नेपालीको सनाखत भएको छ। त्यस्तै रोल्पा घर भएका गाडी चालक सुवास गौतम (मानसिंह बिक),गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन मुसिकोट नगरपालिका-४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका-३ साँखकी कल्पना केसी को सनाखत भएको छ।

हालसम्म बसमा नाबालिकासहित ३५ जना सवार रहेको र तीमध्ये २१ जना घाइतेको धवलागिरि अस्पताल बागलुङमा उपचार जारी रहेको डिएसपी केसीले बताए। पाँच जना गम्भीर घाइतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको पनि उनले बताए।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका– ७ का  ३५ वर्षीय हिमबहादुर पाण्डे,  सोही जिल्लाको आठबिसकोट नगरपालिका– १  का २६  वर्षीय  पुष्कर बुढा, मुसिकोट– १ का  ३० वर्षीय छकेन्द्र जंग सेन, गुल्मी जिल्लाको मदाने गाँउपाकिा– १ का  २४ वर्षीय गोबिन्द बोहरा दुर्घटनामा घाइते छन्। बोहरा बसका सहचालक हुन्।

त्यस्तै,    रूकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दसरथ नेपाली,  गुल्मी मालिका गाँउपालिका– १का  ५० वर्षीय  बलबहादुर पुन, सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका– ८ का  २६ वर्षीय लक्ष्मण बोगटी, रुकुम पश्चिमका  २२ वर्षीय टिकाराम बिक पनि दुर्घटनामा घाइते छन्।

सोही जिल्लाकै ३८ वर्षीय हेमराज केसी, रूकुमपश्चिमकी २२ वर्षीया सबिना पुन मगर,  मुसिकोट नगरपालिका– ३ का   २४ वर्षीय गणेश खड्का, काठमाडौं टोखा नगरपालिका– ०३ की २३ वर्षीया सृष्टि गैरे, डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका– ३ का २८ वर्षीय आविस्कार धराला, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ३ की  २७ वर्षीया सरिता खड्का पनि दुर्घटनामा घाइते छन्।

२० वर्षीया लक्ष्मी पुन मगर, सोही ठाउँकी ३  महिनाकी शिशु ज्ञानु ढकाल, ललितपुर महानगरपालिका– १४ की २४ वर्षीया अनुज्ञा भट्टराई, रुकुम पश्चिम मुसिकोट नगरपालिका– ४ की  ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकै ४४ वर्षीया कमला केसी,   मुसिकोट– ३ का ५५ वर्षीय  लिला केसी, सोही ठाउँका ३० वर्षीय सशिराम खड्का दुर्घटनामा घाइते छन्।

६० वर्षीय  हर्कबहादुर केसी, रुकुम पश्चिम १८ वर्षीया सपना वली, मुसिकोट– ३ का  सोही जिल्लाको सानोभेरी गाँउपालिका– १ का २६ वर्षीय दिनेश खड्का, मुसिकोट– ७ की २१ वर्षीया सोभा थापा र सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिका–२ का  २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार