• ट्रेण्डिङ :

नेपाली सेनाको प्रवक्तामा केसी

नेपाली सेनाको प्रवक्तामा केसी

cnewsnepal

बिहिबार, चैत्र २९ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाउनुभएको छ ।

पोखरास्थित ३ नम्बर बाहिनी अड्डाप्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा सङ्गठनको प्रवक्ताको जिम्मेवारीमा ल्याएको हो ।

हालका प्रवक्ता कृष्णप्रसाद भण्डारीको जङ्गीअड्डास्थित सैनिक अभिलेखालमा सरुवा भएको छ । उहाँले केही दिनमा सहायकरथी केसीलाई प्रवक्ताको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गर्नुहुने छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना २०५८ चैत २० गते भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार