२ वैशाख, काठमाडौं । धादिङमा मल बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा आएचर ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख रविन्द्र श्रेष्ठका अनुसार ट्रकमा सवार ८ जना घाइते भएका छन् ।
मृतक सोही वडाका राम रम्तेलका १० वर्षीय छोरा सन्तोष छन्। घटना स्थलमा प्रहरी पुगेको छ ।
घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको एसपी केसीले जानकारी गराए ।
प्रतिक्रिया
सम्बन्धित समाचार