काठमाडौँ । चन्द्रागिरिवाट हेटौडा जादै गरेको टाटा सुमो भिरवाट खेसेर दुर्घटना भएको छ ।
राजधानीको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सुमो दुर्घटनाग्रस्त भएको हो। रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको स्थानियले जनकारी दिएका छन् ।
स्थानियका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको जनाईएको छ ।
बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको थानकोट बृत्तले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार