• ट्रेण्डिङ :

इलाममा उत्साहपूर्ण मतदान

इलाममा उत्साहपूर्ण मतदान

cnewsnepal

शनिबार, बैशाख १५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । इलाम क्षेत्र –२ प्रतिनिधि सभा र बझाङ (१) प्रदेश सभामा मतदन उत्साहपूर्णरुपमा भइरहेको छ ।

इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार