• ट्रेण्डिङ :

चन्द्रागिरि सम्पदा पदयात्रामा स्कूलका विद्यार्थी देखी बृद्ध सम्म

चन्द्रागिरि सम्पदा पदयात्रामा स्कूलका विद्यार्थी देखी बृद्ध सम्म

cnewsnepal

आइतबार, बैशाख २३ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


चन्द्रागिरि नगरपालिका भित्र रहेका ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र सम्पदाहरूको सामुहिक अवलोकनका लागि आयोजित सम्पदा पदयात्रामा समपन्न भएको छ ।

चन्द्रागिरि नगरपालिकावाट बिहान ६ बजे सुरु भएको पदयात्रा बलम्बुबाट,दहचोक,बानस्थली,आयल निगम,थानकोट गणेश मन्द्रिर,सुरुङमार्ग, घट्टेडाँडा पार्क, बाडभन्ज्याङ चण्डिकादेवी हाइट, लगलगे पाखा बुद्धपार्क, चुनदेवी मन्दिर, थानकोट कोतघर हुँदै चन्दन भराटे महादेवस्थान, मातातीर्थ, बालागाउँ, किसिपिँढी हुँदै सतुंगल, बोसिगाउँ, मत्स्यनारायण मन्दिर हुँदै विष्णुदेवी मन्दिरबाट नैकाप फुटबल मैदानमा पुगेर सम्पन्न भएको थियो ।

चन्द्रागिरि हारइकर्स कम्युनिटीले आयोजना गरेको पदयात्रामामा आयोजकले २२ गते २२ किलोमिटर २२ सय सहभागी गराउने उदेश्य राखेता पनि पैदलयात्रामा २४ सय जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा थानकोट जेसीज लगायत दजनौ संघ संस्थाहरुवाट समेत व्यापक सहभागी रहेको थियो । चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले यस्ता सम्पदा पदयात्राले सम्रग नगरपालिकालाई हरेक दृष्ट्रिकोणवाट फाईदा पुग्ने बताए । मेयर गिरीले स्वस्थ जिवनका लागि पनि पैदलयात्रा महत्वपुर्ण हुने हुदाँ यस्ता कार्यक्रम सञ्चालन हुनु पर्ने बताए ।

पदयात्रीका लागि नगरका विभिन्न वडाहरुमा स्थानिय जनप्रतिनि,युवाहरु पानी जुस खुवाएका थिए । चन्द्रागिरि हारइकर्स कम्युनिटीका अध्यक्ष प्रशन्न गोपालीले यस्तो आयोजनाले आन्तरिक पर्यटन प्रर्बधन हुनुका साथै सम्रग चन्द्रागिरिका नागरिहरुको स्वास्थ्यमा महत्वपुर्ण योगदान दिने बताए । समापन्न कार्यक्रममा पुजार सार्कीका टिम समेत उपस्थिती रहेको थियो ।

तस्विर प्रदिप महर्जन

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार