कावासोती नगरपालिका उपमेयरको सरकारी गाडीमा आगजनी

नवलपरासी, १० असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले गएराति पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया चढ्ने गाडीमा आगजनी गरेको छ ।

कावासोती नगरपालिकाको उपमेयर मर्दनिया चढ्ने लु १ झ ३२१ नं। को स्कापियो सरकारी गाडी उनकै घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

प्रहरीले दुई जनाको समूहमा आएका व्यक्तिहरुले आगजनी गरिदिएको जनाएका छन् । प्रहरीका अनुसार पेट्रोल छर्की गाडीमा आगजनी गरेको र पछाडिको भागमा सामान्य क्षति भएको छ । क्षति भएको गाडी प्रहरी चौकी कोल्हवामा नियन्त्रणमा ल्याइ राखेको र घटना अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।