काठमाडौँ । राष्ट्रिय योजना आयोगले नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ । आइतबार आयोगका वरिष्ठ सदस्य डा। रामकुमार फुयाँलको नेतृत्वमा आयोजना स्थल पुगेर अनुगमन गरिएको सञ्चारकर्मी श्रीहरी थापाले बताएका हुन् ।
टोलीले आयोजनाको प्रगति, समस्या लगायतका विषयमा जानकारी लिएको छ ।
आयोजनाका लागि पछिल्लो समय १८ महिना थप गरिएकोमा थप गरिएको १४ महिना अझै बाँकी रहेको छ । उक्त अवधिमा आयोजना सम्पन्न हुने आयोजनाले जानकारी गराएको थापाले बताए ।

यद्यपि, अनुगमनका क्रममा केही समस्याहरू भने देखिएका छन् । आयोगका सदस्य डा। फुयाँलका अनुसार केही कित्ताहरूको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर ९आरएसएस० बनाउने केही चुनौतीहरू रहेका छन् ।
अनुगमन टोलीमा आयोगका महाशाखा प्रमुख हेमराज सुवेदीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका अधिकारीहरू समेत सहभागी रहेका थिए ।