• ट्रेण्डिङ :

पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु, प्रहरीले घटनालाई वेवास्ता गरेको आरोप

पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु, प्रहरीले घटनालाई वेवास्ता गरेको आरोप

cnewsnepal

आइतबार, असार १० २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नेपाल प्रहरीले संचालन गरेको महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा एक किशोरको मृत्यु भएको छ । प्रहरी कल्याणकारी कोषबाट संचालित महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा स्वीमीङ गर्ने क्रममा १९ बर्षीय रौनक शाक्यको डुबेर निधन भएको हो ।

स्वीमीङ पुलमा लाइफगार्ड नराख्ने निर्णयले गर्दा पुलिस क्लवको स्वीमीङ पुलमा डुबेर शाक्यको मृत्यु भएको मृतक रौनककी आमा राजेश्वरी शाक्यले आरोप लगाईन् ।

गएको असार ४ गते रौनक पुलिस क्लवको स्वीमीङ पुलमा पौडी खेल्न गएका थिए । स्वीमीङ गर्ने क्रममा रौनकको डुबेर मृत्यु भएको थियो ।स्वीमीङ पुलको ब्यवस्थापनको लापरबाहीका कारण भएको मृतक रौनककी आमा राजेश्वरीको आरोप छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राजेश्वरीले छोराको मृत्यु हेलचक्र्याईका कारण भएको आरोप लगाईन् । पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरिरहेको पनि राजेश्वरीले बताईन् ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका शाक्यको परिवारले घटनाको जिम्मा नेपाल प्रहरीको महेन्द्र पुलिस क्लबले लिनुपर्ने उनको माग छ । साथै, राजेश्वरीले परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाहीको माग गरेका छन् ।

महेन्द्र पुलिस क्लवको स्वीमीङ पुलमा लाइफगार्ड समेत नराखिएका कारण रौनकको डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार