• ट्रेण्डिङ :

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अरु बहालवाला को-को परे ?

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, अरु बहालवाला को-को परे ?

cnewsnepal

आइतबार, असार १० २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्यालसहित अन्य बहालवाला पदाधीकारीविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

मुख्यसचिव अर्यालसहित सहसचिव रितेश शाक्य, अर्का सहसचिव टंक पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ । त्यस्तै उपसचिव गणेशविक्रम शाह र शाखा अधिकृत रविन्द्र पौडेललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

यस अघि नै भ्रष्टाचार मुद्दामा परी सकेका विकल पौडेल, सफल श्रेष्ठ, हरिवल्लभ घिमिरे र बद्री गौतमविरुद्ध पनि मुद्दा दायर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार