• ट्रेण्डिङ :

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

cnewsnepal

शुक्रबार, असार २९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बर्षाका कारण अप्रत्यासित घटना घटेर नागरिकहरुले ज्यान गुमाएको भन्दै दुःख प्रकट गरेको छ ।

महासंघले गए राति पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रि बस त्रिसुली नदीमा खसेको घटनामा दुःख व्यक्त गरेको हो ।

महासंघले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै गए राति दुई रात्रि बस दुर्घटना भएको प्रति दुःख व्यक्त गरेको महासंघका महासचिव राजेन्द्र विक्रम बाँनिया द्धारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ । महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

त्यस्तै उद्धार र राहतको काममा ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको छ ।सरकारले अत्यन्तै सजगता, सक्रियता र जिम्मेवारी बोधका साथ समस्यामा परेका नागरिकको खोजी एवं उद्धार गर्नुपर्ने संघले जनाएको छ ।

हेर्नुहोस् महासंघको विज्ञप्ति :

प्रतिक्रिया
सम्बन्धित समाचार