• ट्रेण्डिङ :

थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने

थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने

cnewsnepal

आइतबार, असार ३१ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


३० असार, हेटौंडा । थानकोट–चित्लाङ सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।

कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाण्डौले जनाएको छ ।

सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् ।

प्रहरीले हेटौंडा–काठमाडौं यात्रा गर्नका लागि छोटो मार्ग प्रयोग गर्नेहरुलाई भीमफेदी–कुलेखानी–फाखेल र कुलेखानी–मातातीर्थको सडक प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार