छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं, १२ असार चितवन, रुपन्देही र ताप्लेजुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
चितवन,भरतपुर महानगरपालिका(१८ स्थित सडकमा ना.५३ प ५२४७ नम्बरको मोटरसाइकल र ग.९ प ११८५नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ना.५३ प ५२४७नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने १७ वर्षीय राजन भट्ट र ग.९ प ११८५ नम्बरको मोटरसाइकल चालक २८ वर्षीय रामचन्द्र गौंडेलकोपुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देही,मायादेवी गाउँपाललिका(६ बनगाईस्थित सडकमा लु.१च ६०१६ नम्बरको बलेरो जिपले लु.३७ प ९१९३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सियारी गाउँपालिका २ बस्ने २८ वर्षीया राधिका चौधरीको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङमा,फुङलिङ नगरपालिका १ दगुर्ने स्थित तमोर नदीकोकिनारमा तमोरमा पुल निर्माण गर्न पिल्लर लगाउन खनेको खाल्टोमा ना.६ त ८७२४ नम्बरको ट्याक्टर उक्त खाल्टोमा मंगलबारखसेर दुर्घटना हुँदा सहचालक पाथिभरा याङबरक गाउँपालिका १ नाङखोल्याङबस्ने १७ वर्षीय अर्पन मुखियाको घटनास्थलमै मृत्यु भएको छ ।