• ट्रेण्डिङ :

महानगरीय प्रहरी वृत्त बालाजुले चितुवाको छाला र हड्डी सहित दुई पक्राउ

महानगरीय प्रहरी वृत्त बालाजुले चितुवाको छाला र हड्डी सहित दुई पक्राउ

cnewsnepal

बिहिबार, असार १२ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


१२ असार, काठमाडौं  महानगरीय प्रहरी वृत्त बालाजु र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट संयुक्त रुपमा खटिएको प्रहरीले चितुवाको छाला र टाउकोको हड्डी सहित २ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित नवदुर्गा गेष्ट हाउसबाट अन्दाजी ४६ ईन्च लम्बाई भएको चितुवाको छाला र टाउकोको हड्डी सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी बाल नरसिंह राणाले पक्राउ पर्नेहरुमा पाँचथर फागुनन्द गाउँपालिका ४ घर भएका २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङ रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार