• ट्रेण्डिङ :

एकतर्फी खुल्यो नागढुंगा सडकखण्ड (तस्बिरहरू)

एकतर्फी खुल्यो नागढुंगा सडकखण्ड (तस्बिरहरू)

cnewsnepal

बुधबार, भाद्र ५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा विहानै देखि खसेको पहिरो पन्छाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलेको छ।

प्रहरीप्रभाग नागढ्ङगाका प्रहरी निरिक्षक नागढुंगाका इन्स्पेक्टर हेम थपलियालाले साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन सुरू गरिएको बताए । पहिरोको कारण बैकल्पिक वाटोवाट साना सवारस् साधन पठाईएको प्रहरीले जनाएको छ ।

पानी निरन्तर परि रहेको र पहिरो झर्न भने रोकिएको छैन् । पहिरोका कारण आम नागरिकहरु सास्थी व्यहोर्नु परेको थियो । पहिरो पन्छाउन दुई वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ

नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारी साधन दिनभर ठप्प रहेको छ। अहिले पानी पर्न कम भएको छ।

नागढुङ्गा प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधन ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन्। काठमाडौं छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्।

(तस्बिरहरू)

प्रतिक्रिया
सम्बन्धित समाचार