• ट्रेण्डिङ :

९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

९ घण्टा अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

cnewsnepal

सोमबार, भाद्र २४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्ग दिउँसो साढे २ बजेबाट सञ्चालनमा आको हो। आइतबार बिहान ५ बजेदेखि सडक खुलाउने कार्य सुरु भएको थियो। पहिरो हटाएपछि करिब ९ घण्टामा राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

गएराति अविरल बर्षाका कारण आएको पहिरोले कालिकोटको गगनेखोला र यसमोडमा पहिरो खसेर सडक अवरुद्ध बनाएको थियो।

पहिरो हटाएपछि रोकिएका मुगु, जुम्ला, बाजुरा, कालिकोटबाट सुर्खेतका लागि छुटेका सवारीहरू आवतजावत भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार