२८ भदौ ,काठमाडौं । साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा आयोजित ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’को हिसाब सार्वजनिक गरिएको छ ।
मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा कोटीहोम महात्म्य तथा महायज्ञ साउन १ देखि ३२ गतेसम्म पशुपति क्षेत्र, (वनकाली) भव्य रूपमा सम्पन्न भएकाे थियाे ।
उक्त महायज्ञका आयोजक कृष्णमुर्ति जी महाराजले कोटीहोमबाट कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताए ।
महाराजले महायज्ञबाट ७२ लाख ५० हजार ३०४ रुपैयाँ बराबर घाटा भएको उनको भनाइ छ । महायज्ञमा कुल २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी उनले दिए ।
महायज्ञमा कबोल भएको करिब २ करोड जति भने उठ्न बाँकी रहेको उनको भनाइ छ । काेटीहाेम महाज्ञमा नेता देखि कलाकार र उच्च पदस्थ व्यक्तिहरूकाे सहभागी रहेकाे थियाे ।