• ट्रेण्डिङ :

नेपाली र हिन्दी भाषामा निमार्ण भएको फिल्म ‘देववाणी मंसिर ७ मा प्रदर्शन हुँदै

नेपाली र हिन्दी भाषामा निमार्ण भएको फिल्म ‘देववाणी मंसिर ७ मा प्रदर्शन हुँदै

cnewsnepal

बुधबार, असोज २ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाली कथानक चलचित्र देववाणी मंसिर ७ मा प्रदर्शनीकाे तयारीमा जुटेकाे छ ।

बाबु बलामी निर्देशित फिल्म ‘देववाणी’को पहिलो गीत ‘तिमीलाई सधैंभरी’ सार्वजनिक संगै मंसिर ७ मा प्रदर्शनीकाे तयारीमा जुटेकाे हाे ।

चलचित्रमा भारती कलाकार कुन्दन भारद्वाज र अनुजा लेप्चा फिचर्डकाे मुख्य अभिनय रहेकाे छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना र मौसम पौडेलको पनि अभिनय छ ।

सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा छायांकन भएको फिल्ममा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।

फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार