• ट्रेण्डिङ :

डिआइजी कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’, दीपाश्री, प्रियंका र सरोजको अभिनय

डिआइजी कार्कीले ल्याए नयाँ गीत ‘दसैँ रमाइलो’, दीपाश्री, प्रियंका र सरोजको अभिनय

cnewsnepal

शुक्रबार, असोज ११ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपालीहरुको पर्व दसैँको पूर्वसन्ध्यामा नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीको दसैँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘दसैँ रमाइलो’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर भरेका छन् । दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओली फिचर्ड छन् ।

करणसिंह चासिरको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन जेरी भण्डारीले गरेका छन् ।

प्रवक्ता कार्कीले दुइ साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागार गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार