काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताएका छन् । लेखकले विपद्मा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। गृहमन्त्री रमेश लेखकले सरकार उद्धार, वेपत्ताको खोजी, राहत, घाईतेको स्वास्थ्य उपचार गर्न गम्भीर रहेको बताए ।
देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गर्दछु । सबैलाई आफु नजिक जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न अपील गर्दछु। उनले भने ।
उनले यस विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तदारुकताका साथ बेपत्ताहरूको खोजी, पीडितलाई राहत तथा उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त