• ट्रेण्डिङ :

आज देशको अधिकांश भागमा मौसम सफा रहने

आज देशको अधिकांश भागमा मौसम सफा रहने

cnewsnepal

बुधबार, कार्तिक २१ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । आज बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै यस्तो बताएको हो ।

विभागका अनुसार आज बुधबार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा आंशिक बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार