रसुवामा एकीकृत वस्ती विकास गरिने

रसुवा १७ चैत । विस २०७२ बैशाख १२ को महाभुकम्प बाट विश्थापित तिरु र गोगने का जोखिमयुक्त बस्तिका भुकम्प पीडित लाभग्राही हरुलाइ तिरुमा एकीकृत बस्ती बिकास गरि पूस्थापना गरिने भएको छ ।
यसकालागि एक सय नौ विस्थापित लाभग्राही परिवारहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण मार्फत जग्गा खरिद गरी लालपुर्जा बितरण गरिएको हो ।

रसुवामा आयोजित एक कार्यक्रमका वीच रसुवाबाट प्रतिनिधिसभा सासंद मोहन आचार्य ,प्रदेश सभा सासंद प्रेम तामाङ र राष्ट्रिय पूननिर्माण प्राधिकरणका सदस्य घुर्ब्र शर्माले विस्थापित लाभग्राही परिवारलाई लालपूर्जा वितरण गरेका हुन ।
तिरु र गोगनेका विस्थापितहरु जोखिमपूर्ण अबस्थामा खाल्टेमा बसिरहेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै सासंद मोहन आचार्यले सबैको सहयोगबाट जोखिमपूर्ण अबस्थामा खाल्टेमा बसोबास गरिरहेका विस्थापितहरु लाई सुरक्षितरुपमा तिरुमा स्थानान्तरण गर्ने काम सम्पन्न गर्न सम्भव भएको भन्दै सबैलाई धन्यबाद व्यक्त गरे । विस्थापित लाइ सुरक्षित पुनःस्थापन गराउदा मात्रै साचो बिजय हुने सासंद आचार्यले वताए ।

प्रदेश सासंद प्रेम तामाङले जोखिमपूर्ण अवस्थामा रहेका विस्थापित लाइ जसरि पनि स्थानान्तरण गरिने र सधै विस्थापित परिवारको साथ मा रहेको वताए ।
राष्ट्रिय पूननिर्माण प्राधिकरणका सदस्य घुर्ब्र शर्माले पुनःनिर्माण प्राधिकरणले भुकम्प प्रभावित परिवार लाइ सुरक्षीत बसोबास मा जोड दिई रहेको भन्दै रसुवाको खाल्टे बसोबासकालागी असुरक्षित रहेकाले त्याँहा अस्थाई रूपमा बसोबासगरि रहेका विस्थापितहरू सबैलाई तिरूको एकृकित बस्तीमा स्थानान्तरण हुन आग्रह गरे ।

गाउँपालिका अघ्यक्ष उपेन्द्र लम्सालले बाकि रहेका अन्य विस्थापित परिवार हरु लाइ पनि सुरक्षित पुनःस्थापन गराउन लागि परेको र सबैलाई सुरक्षीत पुनःस्थापन गराउनु नै गाउँ पालिकाको पहिलो प्राथमिकता रहेको वताए ।