काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य चयन भएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।
यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त