• ट्रेण्डिङ :

११ डिएसपीको सरूवा, दोलखामा महतो

११ डिएसपीको सरूवा, दोलखामा महतो

cnewsnepal

शनिबार, फाल्गुन ३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई काज सरुवा गर्दै विभिन्न कार्यालयमा पठाएको हो ।

काज सरुवा हुनेमा डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् ।

त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काज सरुवा भएका छन् ।

त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरिएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्कालाई पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार