• ट्रेण्डिङ :

त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु तकिया !

त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु तकिया !

cnewsnepal

मंगलबार, फाल्गुन ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


‍काठमाडौंको त्रिपुरेश्वरमा फेला परेको ‘शंकास्पद’ वस्तु कपासकाे तकिया  मात्र भएको पाइएको छ।

मंगलबार राति करिब साढे ७ बजे त्रिपुरेश्वर सडकपेटीमा शंकास्पद वस्तु रहेको खबर पाएपछि प्रहरी टोली खटिएको थियो। उक्त टोलीले घटनास्थललाई सुरक्षित पारेर सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार उक्त वस्तु कपास सहितकाे तकिया  मात्र रहेको पाइएको छ। प्लास्टिकको म्याटले बेरिएको अवस्थामा भित्र तकिया  छ।

‘सेनाको टोली आएर हेर्‍यो। हेर्दा म्याटले बेरेको तकिया मात्रै छ। अरू केही देखिएन,’ उनले भने। बम डिस्पोजल टाेलीले हेर्दा तकिया मात्र रहेकाे प्रहरी जनाएको छ । तर्साउने उदेश्यले राखिएकाे र राख्ने मान्छे पहिचान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार