• ट्रेण्डिङ :

राेल्पामा टिप्पर भिरबाट खस्याे एक जनाकाे मृत्यु

राेल्पामा टिप्पर भिरबाट खस्याे एक जनाकाे मृत्यु

cnewsnepal

बुधबार, फाल्गुन ७ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


७ फागुन राेल्पा । राेल्पामा टिप्पर दुर्घटना हुदाँ एक जनाकाे मृत्युु भएकाे छ ।

रोल्पाको माडी गाउँपालिका वडा नं ४ चुकबोटबाट माडी गाउँपालिका २ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको टिप्पर दुर्घटना हुदाँ एक जनाकाे मृत्युु भएकाे हाे ।

ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँ स्थित सहिदमार्ग सडक बाट करिव १०० मिटर तल टिप्पर दुर्घटनामा भएकाे प्रहरीले जनाएको छ ।

निजजगड ५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार