काठमाडौं, चन्द्रागिरि (दहचोक), चैत ८ – चन्द्रागिरि नगरपालिका वडा नं. १, दहचोकस्थित केउरानी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा भीषण आगलागी भएको छ।
स्थानीयका अनुसार आगलागी आज बिहान सुरु भएको थियो।
आगो तीव्र गतिमा फैलिँदा वन क्षेत्रमा रहेका जैविक सम्पदा, वन्यजन्तु तथा वनस्पतिहरू जोखिममा परेका छन्।
प्रहरी प्रभाग बलम्वुकाे टाेली आगलागी स्थानमा पुगेकाे र बन समितिका अध्यक्ष लगायत पदाधिकारीहरू संग नियन्त्रणका लागि पहल भईरहृकाे प्रहरीले जनाएको छ । नेपालीसेनाकाे युद्ध कवच गण सितापईलाकाे टाेलीले पनि नियन्त्रणकाे प्रयास गरिरहेकाे छ ।
स्थानीय त्रासमा, सुरक्षाकर्मीको प्रयास जारी
प्रत्यक्षदर्शीका अनुसार आगलागीको कारण अझै खुल्न सकेको छैन। सुख्खा मौसम, हावाहुरी र फोहोर व्यवस्थापनको अभावका कारण आगो झन् तीव्र रूपमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ।
आगालागी नियन्त्रणका लागि स्थानीय बासिन्दासमेत सक्दो प्रयास गरिरहेका छन्। चन्द्रागिरि नगरपालिकाको दमकल आवश्यक भए पनि तत्कालै आइपुग्न सकेको छैन, जसले गर्दा आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
स्थानीयको आग्रह
स्थानीयले आगलागी नियन्त्रणका लागि थप जनशक्ति र दमकलको आवश्यकता रहेको बताएको छ। वन विभागका अधिकारीहरूले वन क्षेत्रमा आगो लाग्न नदिन सावधानी अपनाउन सबैलाई सचेत गराएका छन्।
यस क्षेत्रका बासिन्दाले वन क्षेत्रमा कुनै पनि प्रकारको जथाभावी फोहोर फाल्न वा आगो लगाउन नदिन अनुरोध गरेका छन्। साथै, आगलागी नियन्त्रणका लागि नगरपालिकासँग समन्वय गरी थप साधन परिचालन गर्नुपर्ने माग गरिएको छ।
अहिले पनि आगो निभाउने प्रयास जारी छ, विस्तृत विवरण केही समयपछि आउनेछ।