• ट्रेण्डिङ :

केउरानि सामुदायिक बनमा भीषण आगलागी नियन्त्रण हुन सकेन(तस्बिरहरू)

केउरानि सामुदायिक बनमा भीषण आगलागी नियन्त्रण हुन सकेन(तस्बिरहरू)

cnewsnepal

शुक्रबार, चैत्र ८ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, चैत ८ – काठमाडौंको केउरानि सामुदायिक बन मा लागेको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। आगो बनको छ स्थानमा फैलिएको थियो, जसमा चार स्थानमा नियन्त्रण लिइए पनि बाँकी दुई स्थानमा आगो बिस्तार भइरहेको छ।

आगो नियन्त्रणका लागि नेपाली सेनाको युद्ध कवच गण, सशस्त्र प्रहरी बल नेपाल, प्रहरी प्रभाग बलम्बु, स्थानीय बासिन्दा लगायतका टोलीहरूले प्रयास गरिरहेका छन्। तर, हावाको तीव्र बेग का कारण आगो निभाउन कठिनाइ भइरहेको प्रहरी प्रभाग बलम्वुका प्रमुखप्र हरी निरीक्षक उपेन्द्र प्रसाद आचार्य ले जानकारी दिए।

दमकल ल्याउने तयारी भए पनि कठिन भूगोल र तीव्र हावाले आगो नियन्त्रणमा समस्या उत्पन्न गरिरहेको छ। आगलागीको कारण खुल्न नसकेको र थप क्षतिको विवरण संकलन भइरहेको सम्बन्धित निकायहरूले बताएका छन्। अागाे फैलिन नदिन र मानवीय र भाैतिक क्षति राेक्न प्रहरी परिचालित व्यापक परिचालन गरिएको छ ।

तस्बिरहरू हेर्नुहाेस ।

प्रतिक्रिया
सम्बन्धित समाचार