• ट्रेण्डिङ :

केउरानी सामुदायिक वनमा लागेको भिषण आगलागी पूर्ण नियन्त्रणमा

केउरानी सामुदायिक वनमा लागेको भिषण आगलागी पूर्ण नियन्त्रणमा

cnewsnepal

शनिबार, चैत्र ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


९ चैत,काठमाडौं । चन्द्रागिरिकाे -१  दहचोकस्थित केउरानी सामुदायिक वनमा लागेको भिषण आगलागी अन्ततः पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

शुक्रबार बिहानदेखि फैलिएको डरलाग्दो आगलागी नियन्त्रण गर्ने प्रयास भए पनि हावाको तीव्र वेगका कारण आगो नियन्त्रण बाहिर गएको थियो।

आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका टोलीहरू परिचालित भएका थिए। साथै, काठमाडौँ महानगरपालिकाको एउटा दमकल र चन्द्रागिरि नगरपालिकाको दमकलसमेत प्रयोग गरिएको थियो।

शुक्रबार बिहान ५ बजे विहान देखि सुरू भएकाे आगलागी राति ११:३० बजेसम्म पनि जारी रहेको आगलागी अन्ततः बेलुकी परेको हल्का वर्षासँगै पूर्ण रूपमा नियन्त्रणमा आएको हो।

यसैबीच, जंगलमा अज्ञात समूहले आगलागी गराएको आशंका गरिएको छ। स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरिसकेको छ भने नियोजित रूपमा वन जलेका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गरिने बलम्बु प्रहरी प्रभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार