• ट्रेण्डिङ :

बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु

cnewsnepal

बुधबार, चैत्र १३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


१२ च‌ैत,बनेपा । काभ्रेको नालामा मिनी ट्रकले किचेर एक जना बालिकाकाे मृत्यु भएको छ ।

बाबुले चलाएको ट्रकले किचेर बनेपा नालामा छोरीको मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय बनेपा प्रमुख ज्ञानबहादुर खड्काले बा ४ ख ८५९२ नंवाको महेन्द्र निशान ट्रकले किच्दा ३ वर्षकी समीक्षा बरालको मृत्यु भएको बताए ।

उनको घटनास्थलमै निधन भएको डिएसपी खड्काले जानकारी दिए । डिएसपी खड्काले भने, उनका बाबु सरोज बरालले चलाइहरेका थिए पछाडि हटाउन खाेज्दा किचेर मृत्यु भयाे ।

सिन्धुली गोलन्जोर गाउँपालिका वडा नम्बर–१ घर भएका बराल नालामा परिवारसहित बस्दै आएका थिए । स्थानीय शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको थियो ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार