• ट्रेण्डिङ :

लायन खेम राज अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

लायन खेम राज अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

cnewsnepal

शनिबार, चैत्र ३० २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


ललितपुर । सामाजिक सेवा र मानवीय मूल्यमा समर्पित लायन्स क्लब अफ ललितपुर युनिफाईड नेसनले आफ्नो बाषिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ।

सभाबाट लायन खेम राज अधिकारीलाई २०२५/२६ का लागि सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेकाे हाे।

नयाँ कार्यसमितिमा अध्यक्ष अधिकारी सहित सचिवमा मनोज थाप, कोषाध्यक्ष,धुर्ब बर्तौला,प्रथम उपाध्यक्ष सुमन धिमिरे निर्वाचित भएका छन् ।

कार्यक्रममा उपस्थित सदस्यहरू, अतिथि र शुभेच्छुकहरूले नव निर्वाचित नेतृत्वलाई उत्साहपूर्वक स्वागत गर्दै आगामी दिनहरूमा क्लबले झनै प्रभावशाली कार्यहरू गर्न सक्ने विश्वास व्यक्त गरे।

नयाँ अध्यक्ष अधिकारीले सबैको समर्थनप्रति आभार प्रकट गर्दै, ‘सेवामा समर्पित भावना लिएर अगाडि बढ्नेछौं’ भन्ने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा क्लबका विगतका उपलब्धिहरूको समीक्षा गरिनुका साथै आगामी योजनाहरूको पनि घोषणा गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार