• ट्रेण्डिङ :

कान्ति लोकपथमा दुर्घटना : दुई महिलाको ज्यान गयो, १३ घाइते

कान्ति लोकपथमा दुर्घटना : दुई महिलाको ज्यान गयो, १३ घाइते

cnewsnepal

शुक्रबार, बैशाख ५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


मकवानपुर, वैशाख ६ – मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ती लोकपथमा शुक्रबार बिहान भएको गाडी दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी अनियन्त्रित भई करिब २०० मिटर तल खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा रौतहट दुर्गाभवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउत र सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुसी मगरको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुने दुबै जनाबारे ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीले जानकारी दिए।

गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा ११ जना सामान्य घाइते र २ जना मध्यम घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गाडीका चालक कमल बहादुर दर्लामी (२९), सर्लाही बागमती गाउँपालिका–५ निवासी, टाउकोमा चोट लागेर उपचाररत रहेको प्रहरी निरीक्षक रायमाझीले बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार