ललितपुर स्थित भैसेपाटीबाट तिन जना थुनुवा फरार

काठमाडौं । ललितपुर स्थित भैसेपाटीको प्रहरी प्रभागको थुनवा कक्षबाट गए राती तिन जना थुनुवा भागेका छन् ।

२ जना डाँका मुद्धा , १   जना लागु औषध मुद्धा खेपिरहेका थिए । उनीहरुको नाम अहिले सम्म सार्वजानिक गरिएको छैन् ।

उनीहरुले थुनवा कक्षको  रेलिंग काटेर भागेको प्रहरी स्रोतले  जानकारी दिएको छ ।

फरार ब्यक्तीको खोजीका लागि ललितपुर प्रहरीले रातारात ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

उनीहरुको खोजीका लागि काठमाडौं उपत्यका लगायतका स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन भएको छ ।

उक्त कारागारको कमाण्ड इनिस्पेक्टर किरण मल्लले समालेका थिए ।