• ट्रेण्डिङ :

सप्तकोशीमा नुहाउन गएका मामा–भान्जा बेपत्ता, खोजी कार्य जारी

सप्तकोशीमा नुहाउन गएका मामा–भान्जा बेपत्ता, खोजी कार्य जारी

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


Screenshot

८ ब‌ैशाख,सुनसरी ।  बराहक्षेत्र मन्दिर दर्शन गर्न गएका मामा–भान्जा सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन्।

इटहरी बालग्रामका ४८ वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भाञ्जा जेनिस आचार्य नुहाउने क्रममा सुनसरीको कोकाहा क्षेत्रस्थित सप्तकोशी नदीमा डुबेर हराएका हुन्।

मन्दिर प्रवेश गर्नु अगाडि नदीमा नुहाउन गएका उनीहरू एकाएक बेपत्ता भएपछि घटनाको जानकारी प्रहरीलाई गराइएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, डुबेका व्यक्तिहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ। खोजी कार्य जारी छ भने घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरू जुटेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार