८ बैशाख,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो।
बैठकमा हाल देशभर जारी शिक्षक आन्दोलनका मागहरूबारे विशेष छलफल हुने बताइएको छ। शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बुझिएको छ।
शिक्षकहरूका अनुसार मन्त्रिपरिषद्ले आजको बैठकमा आन्दोलनका मागहरूलाई समेटेर ‘प्याकेजमै निर्णय’ गर्ने सम्भावना रहेको चर्चा छ। उनीहरूले आपसमा गरेको कुराकानीअनुसार भोलिसम्म आन्दोलन सकिएर घर फर्किने वातावरण बन्ने अपेक्षा गरिएको छ।
यसैसँगै, बैठकमा सरकारको दैनिक प्रशासनिक कार्यसम्बन्धी विषयमा समेत छलफल र आवश्यक निर्णय गरिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। मन्त्रिपरिषद् नियमित बैठक भएतापनि अाज गरिने निर्णय महत्त्वपूर्ण रहेकाे स्राेतकाे दावी छ । स्राेतका अनुसार राष्ट्र बैङ्कका गभर्नरका विषय भने अन्याैलमा रहेकाे बताएका छन् ।
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त