• ट्रेण्डिङ :

झापा कारागारमा एक कैदीबन्दीको मृत्यु

झापा कारागारमा एक कैदीबन्दीको मृत्यु

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


भद्रपुर, ८ वैशाख – झापा जिल्ला कारागारमा ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक कैदीबन्दीको आज मृत्यु भएको छ। इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्मालाई केही समयदेखि घाँटीको क्यान्सरको लक्षण देखिएको थियो। आज दिउँसो ४:२५ बजे अचानक साँस फेर्न गाह्रो भएपछि उनलाई तत्काल प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। तर उपचारको क्रममा ४:४० बजे उनको मृत्यु भएको हो।

मृतकका आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार