• ट्रेण्डिङ :

चन्द्रकला पौडेल सचिवमा बढुवा

चन्द्रकला पौडेल सचिवमा बढुवा

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, ८ वैशाख – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन्।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

लोकसेवा आयोगको सिफारिसअनुसार सहसचिवहरू चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भूपाल बराल सचिव पदका लागि प्रतिस्पर्धामा थिए।

तीमध्ये मन्त्रिपरिषद्ले चन्द्रकला पौडेलको नाम अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार