• ट्रेण्डिङ :

भोजपुरमा दोहोरो भिडन्त: एक प्रहरी,एक विप्लवका कार्यकर्ता मारिए

भोजपुरमा दोहोरो भिडन्त: एक प्रहरी,एक विप्लवका कार्यकर्ता मारिए

cnewsnepal

बुधबार, असार २५ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । भोजपुरमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ।

भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विहान आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागर मृत्यु भएको हो ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका कार्यकर्ता निरकुमार राईको पनि ज्यान गएको छ। उनीहरु दुवैको उपचारका क्रममा निधन भएको प्रहरीका केन्द्रिय कामु प्रवक्ता एबं एसपी रमेश थापाले बताए ।

विप्लव पक्षको एक पेस्तोल ६ राउण्ड गोली बरामत भएको थापाले बताए । निरकुमार राई जिल्ला इन्चार्ज रहेको समाचार प्राप्त भएको छ ।

प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको थप सुरक्षा प्रवन्ध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार