• ट्रेण्डिङ :

६० जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

६० जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १० वैशाख। नेपाल सरकार गृह मन्त्रालयको वैशाख ९ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकबाट पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले ती प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

समारोहलाई सम्बोधन गर्दै आइजिपी थापाले पदोन्नत प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। साथै, उनले बढेको पदीय जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गरी संगठनको गरिमा अभिवृद्धिमा योगदान पुर्‍याउन निर्देशन दिएका थिए।

समारोहमा निरीक्षक सुदिप थापाले पदोन्नत अधिकृतहरूको तर्फबाट मन्तव्य दिँदै संगठनको लक्ष्य प्राप्तिका लागि पूर्ण निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नायब महानिरीक्षक, वरिष्ठ अधिकृतहरूसहित अन्य प्रहरी अधिकृत र जवानहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार