• ट्रेण्डिङ :

तीनकुने घटनामा संलग्न थप १३ जना हाजिरी जमानीमा रिहा, कूल २१ जना छुटे

तीनकुने घटनामा संलग्न थप १३ जना हाजिरी जमानीमा रिहा, कूल २१ जना छुटे

cnewsnepal

बुधबार, बैशाख १० २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


१० बैशाख,काठमाडौँ । तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका थप १३ जनालाई काठमाडौँ जिल्ला प्रहरी परिसरले हाजिरी जमानीमा रिहा गरेको छ। यससँगै हाजिरी जमानीमा छुट्नेको संख्या २१ पुगेको छ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर जबरा सहित ८ जना र पछि थप १० जनालाई पनि हाजिरी जमानीमा छाडिएको थियो। अब भाटभटेनी लुटपाटमा संलग्न भनिएका व्यक्तिहरू समेत छुटेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार, उनीहरूको बयानलगायतको अनुसन्धान प्रक्रिया पूरा भएकाले हिरासतमा राखिरहनुपर्ने अवस्था नरहेकाले हाजिरी जमानीमा रिहा गरिएको हो।

यद्यपि उनीहरूमाथि काठमाडौं जिल्ला अदालतमा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरिनेछ। अदालतमा उपस्थित हुने शर्तमा उनीहरूलाई रिहा गरिएको प्रहरी स्रोतको भनाइ छ।

उनीहरू ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार