काठमाडौँ, वैशाख ११ – नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको निर्णयअनुसार गरिएको सरुवा वैशाख महिनादेखि लागू हुने जनाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएका डीएसपीहरूलाई नयाँ कार्यस्थलमा तोकिएको दरबन्दीअनुसारको तलब र भत्ता प्रदान गरिनेछ। सरुवासम्बन्धी पूर्ण सूची प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरिसकेको छ।
यो निर्णय प्रहरी संगठनको व्यवस्थापन, कार्यक्षमता अभिवृद्धि तथा क्षेत्रगत सन्तुलन कायम गर्नका लागि गरिएको बताइएको छ।



प्रतिक्रिया
सम्बन्धित समाचार