काठमाडौँ । नेपाल प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको छ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) को निर्णयअनुसार उक्त सरुवा गरिएको जानकारी दिएको हो।
यस अन्तर्गत, इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा खटाइएको छ। त्यसैगरी, स्वरुप शर्मालाई पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीया, सुरेश कोइरालालाई प्रहरी वृत्त महाराजगन्ज, सविता जिसीलाई रुपन्देहीको इलाका प्रहरी कार्यालय बेथरी र सुकेदव पौडेललाई इलाका प्रहरी कार्यालय मेलम्चीमा सरुवा गरिएको छ।
त्यस्तै, सत्य नारायण डङ्गोललाई ललितपुरको कोन्ज्योसोम इप्रका, शत्रुधनकुमार महतोलाई जिल्ला प्रहरी परिसर काठमाडौँ, विशाल सिंहलाई रामेछापको इप्रका टोकरपुर र लक्ष्मी खड्कालाई प्रहरी प्रभाग बलम्बुमा खटाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाँकी सरुवा भएका अधिकृतहरूको नामसहितको सूची पनि चाँडै सार्वजनिक गरिनेछ।
काे कहाँ हेर्नुस

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त