११ वैशाख, काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा चलिरहेको बसमा आगलागी भएको छ ।
बौद्धबाट थानकोट जाँदै गरेको पाँच पाेखरी यातायातकाे बागमती प्रदेश ३-०१-००५ ख ९७८६ नम्बरको बसमा विद्युत् लाइन सर्ट भएर आगो लागेको हो ।
थानकोट वृत्तका डिएसपी सूर्य प्रकाश सुवेदीका अनुसार प्रारम्भिक अनुसन्धानमा बसको ब्याट्री सर्ट भएर आगलागी भएको देखिएको छ ।
सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार