• ट्रेण्डिङ :

समृद्ध देश बनाउने काममा इन्जिनीयरको ठूलो भूमिका छ : मन्त्री खड्का

समृद्ध देश बनाउने काममा इन्जिनीयरको ठूलो भूमिका छ : मन्त्री खड्का

cnewsnepal

बिहिबार, बैशाख ११ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


 

 ११ वैशाख,काठमाडौं । ऊर्जा, जलस्रोत र सिंचाई मन्त्री दीपक खड्काले देश समृद्ध बनाउन इन्जिनीयरको भूमिका ठुलै हुने बताए।

ललितपुरमा ‘भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास’ विषयमा आयोजित सम्मेलनमा उनले भने, “विकास गरेर समृद्ध देश बनाउने सरकारको योजना छ, यसमा इन्जिनीयर बिना सम्भव छैन।”

उनका अनुसार, पूर्वाधार राम्रो बनाउन सबैले ध्यान दिनुपर्छ। विकासमा बाधा बनिरहेका कानुनहरू पनि सरकार परिवर्तन गर्न लागिरहेको छ।

उनले सरकारको लक्ष्य सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट बिजुली उत्पादन गर्ने हो भने। यो लक्ष्य पुरा गर्दा धेरै इन्जिनीयरलाई काम मिल्ने उनले बताए।

खासगरी बुढीगण्डकी जलविद्युत आयोजना अघि बढाउन सके पनि १७ हजारभन्दा बढीले रोजगारी पाउने उनको भनाइ छ।

“देश बनाउन इन्जिनीयरको सुझाव र सहयोग अनिवार्य छ। उनीहरू बिना विकास सम्भव छैन,” उनले दोहोर्याए। मन्त्री खड्काले निजी क्षेत्रलाई पनि साथ लिएर अगाडि बढ्न सरकार तयार रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार