११ बैशाख,काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा एकैपटक १२ जना डीआईजीहरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बुधबार निर्णय गर्दै ६ वटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसहित विभिन्न बाहिनीहरुमा नयाँ नेतृत्व पठाएको हो।
गृहमन्त्री रमेश लेखकको स्वीकृतिमा गरिएको निर्णय अनुसार कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनीमा डीआईजी कुमार न्यौपानेलाई सरुवा गरिएको छ। यस्तै, नम्बर–७ वैद्यनाथ बाहिनीको जिम्मेवारी प्रदीप कुमार पालले पाएका छन्।
मकवानपुरको नम्बर–३ गढीमाई बाहिनीमा अञ्जनी कुमार पोखरेललाई पठाइएको छ भने कास्कीस्थित नम्बर–४ मुक्तिनाथ बाहिनीको कमान्ड डीआईजी दीपेन्द्र शाहलाई दिइएको छ।
यसैगरी, महोत्तरीको नम्बर–२ छिन्नमस्ता बाहिनीको नेतृत्व अब कृष्ण ढकालले गर्नेछन्। रुपन्देहीमा रहेको नम्बर–५ विन्ध्यावासिनी बाहिनीमा भने डीआईजी दीपेन्द्र कुँवरको सरुवा गरिएको छ।
गृह मन्त्रालयले अन्य ६ जना डीआईजीहरूको पनि विभिन्न स्थानमा जिम्मेवारी तोकेको छ। सरुवा गरिएका अधिकृतहरू छिट्टै नयाँ जिम्मेवारीमा कार्यभार सम्हाल्ने तयारीमा छन्।

भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त