• ट्रेण्डिङ :

चन्द्रागिरि नगरपालिकाद्वारा नयाँ डीएसपी एलिजा गिरीको स्वागत, प्रहरी निरीक्षक आचार्यको विदाई

चन्द्रागिरि नगरपालिकाद्वारा नयाँ डीएसपी एलिजा गिरीको स्वागत, प्रहरी निरीक्षक आचार्यको विदाई

cnewsnepal

सोमबार, बैशाख २२ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२२ बैशाख,काठमाडौं ।चन्द्रागिरि नगरपालिका– नगर प्रमुख घनश्याम गिरीले हालै प्रहरी वृत्त थानकोटको प्रमुखको जिम्मेवारी सम्हालेकी प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीलाई स्वागत गरेका छन्।

नगर प्रमुखको कार्यकक्षमा आयोजित कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठ सहित टोलीले डीएसपी गिरीलाई स्वागत गर्दै नयाँ कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीज्युले नगरको शान्ति सुरक्षामा प्रहरीसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा काम गरिने विश्वास व्यक्त गरे।

महिला नेतृत्वले प्रहरी बृत्तको कार्यसम्पादनमा अझ पारदर्शिता र प्रभावकारिता आउने आशा व्यक्त गर्दै उनले स्थानीय सरकार र सुरक्षा निकायबीचको समन्वय निरन्तर रहने बताए ।

त्यसैगरी, प्रहरी प्रभाग बलम्बुबाट सरुवा भएका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यज्युलाई पनि नगर प्रमुखज्यूले मायाको चिनोसहित विदाई गरेका छन्। करिब १ वर्ष प्रभागको नेतृत्व सम्हालेका आचार्यलाई सफलताको शुभकामनासमेत दिइएको थियो। प्रहरी निरीक्षक आर्चायले बलम्वुमा शान्ति सुव्यवस्थाका लागि धेरै काम गरि स्थानीय जनताकाे मनमा बस्न सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार