• ट्रेण्डिङ :

नेपाल प्रहरीकाे प्रवक्तामा थापा

नेपाल प्रहरीकाे प्रवक्तामा थापा

cnewsnepal

बुधबार, बैशाख २४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ ।

प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता जिम्मेवारी दिएकाे हो ।

यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेश कुमार आचार्यले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए ।

अब यो जिम्मेवारी थापालाई प्रदान गरिएको सचिवालयले बुधबार जानकारी दिएको छ ।

प्रहरी बरिस्ठ उपरीक्षक थापालाई ९८५१२९२१११ र ईमेल ठेगाना मा सम्पर्क गर्न सकिने प्रहरी केन्द्रीय कार्यालय नक्सालले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार