२५ बैशाख,काठमाडौं । काठमाडौंको तीनकुनेस्थित खुला चौरमा आयोजित प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गर्ने पक्राउ परेका छन् ।
प्रदर्शनका दौरान सरकारी गाडीमा तोडफोड र आगजनी समेत भएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति जिल्ला गुल्मी, रुरुक्षेत्र गाउँपालिका-६ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१० मनमैजु बस्ने ३९ वर्षीय मन बहादुर कालामगर हुन्।
उनीमाथि प्रदर्शनको क्रममा मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण गर्नुका साथै सरकारी गाडीमा क्षति पुर्याउने तथा आगजनीमा संलग्न रहेको आरोप लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराका अनुसार मन बहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।
प्रदर्शन “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित गरिएको थियो, जसका क्रममा उपद्रवी समूहले हिंसात्मक गतिविधि गरेको प्रहरीले जनाएको छ।