• ट्रेण्डिङ :

मखनटोल आगलागी अपडेट : एक महिलाकाे मृत्यु

मखनटोल आगलागी अपडेट : एक महिलाकाे मृत्यु

cnewsnepal

बुधबार, बैशाख ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका वडा नं २४ मखन गल्लीमा रहेको  दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको घरमा ग्याँस लिक भई आगलागी भएको थियाे।

आगलागीका कारण छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले पक्की घरमा समेत आगो सल्किएको छ । सुरक्षा निकायले नियन्त्रणकाे प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार