• ट्रेण्डिङ :

प्रहरी निरीक्षकले ड्युटीमै कुटे प्रहरी सहायक हवल्दार खड्कालाई

प्रहरी निरीक्षकले ड्युटीमै कुटे प्रहरी सहायक हवल्दार खड्कालाई

cnewsnepal

बुधबार, बैशाख ३१ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


३१ बैशाख ,काठमाडौं । नागढुङ्गा ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र कुमार साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् ।
के कारणले इन्स्पेक्टर साहले कुटपिट गरे भन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए ।

एसपी गिरीले भने, ‘‘हामीले पनि भर्खर थाहा पाएका छौँ । विषय के हो बुझ्दैछौँ । काम गर्न निर्देशन दिएको हो वा कुटपिट गरेको हो बुझ्दैछौँ ।’’  इन्स्पेक्टर साहले हवल्दारलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल राज बाेहाेराका अनुसार घटना प्रहरीकाे नाेटिसमा आईपुगेसकेकाे र आन्तरिक छानबिन प्रकृया अगाडि वढिसकेकाे जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार